April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ सडकको शिलान्यास

  • 12
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।

हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको