April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

आजको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो! – बाबुराम भट्टराई

  • 9
    Shares
file photo

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउन अग्रसरता दिने काँग्रेसको निर्णय सह्रानीय भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो ।

आज बिहान पूर्वप्रधानमन्त्री समेत रहको अध्यक्ष भट्टराईले ट्वीटमार्फत प्रतिपक्षीय धर्म निभाउने काँग्रेसको संकेत सह्रानीय भएको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, “अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सर्हानीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो!”

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधनको विषय सत्ता सहकार्यको सर्त बनाएका बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको