April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ वटा सडकको शिलान्यास गर्दै

  • 8
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै छन् । उनले शनिबार बिहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्नेछन ।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको