April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाल–खनाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने

  • 2
    Shares

काठमाडौं, नेकपा एमाले नेपाल–खनाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको हो ।

शनिबार बस्ने स्थायी कमिटीका सदस्यहरुको बैठकले अभियान घोषणा गर्ने छ । अभियानसँगै आजदेखि राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने तयारी समेत भएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।

नेता योगेश भट्टराईका अनुसार आज संगठन विस्तार र सुदृढिकरणसम्बन्धी केही कार्यक्रम प्रस्ताव भएको र उक्त बैठकले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियान घोषणा गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको