April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आजबाट राजधानीको फोहोर उठाइने

  • 13
    Shares

काठमाडौं, आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध अब हटेको छ । काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आजबाट राजधानीको फोहोर उठ्ने भएको छ ।

लामो समयको अवरोधपछि शुक्रबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला भएको हो ।

यसअघि नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यहीँ चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको