April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

  • 1
    Share
सांकेतिक तस्वीर

दाङ, दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताएका छन् ।

यस्तै घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको