April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

मंगलबारका लागि वाग्मती प्रदेशसभाको बैठक आह्वान

  • 8
    Shares

काठमाडौं, पटकपटक सूचना टाँसेर स्थगित भइरहेको
वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । सो बैठक चैत २४ गते मंगलबारका लागि आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशसभाको बैठक अनिश्चित बनिरहेको थियो ।

यस्तै तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए । सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको