April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

“पानीको स्रोत संरक्षणमा त्रिविसहित प्राज्ञिक संस्थाहरुले अग्रसरता लिनुपर्दछ”: राष्ट्रपति भण्डारी

  • 18
    Shares
File Photo

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुर्ने बताएकी छन् । शुक्रबार काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले जलवायु परिवर्तन, जनसंख्या बृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौँ उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ । बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्न मेलम्चीको परिकल्पना ५ दशक अघि नै गरिएपनि करिब ३ दशकअघि कृष्णप्रसाद भट्टराईको पालामा चर्चामा आएको आयोजना केपी शर्मा ओलीको पालमा सम्पन्न भएको छ, जसले जनतामा खुसी छाएको मैले विश्वास व्यक्त गरेकी छु ।’

शीर्ष समाचार

धेरै पढिएको