April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

  • 7
    Shares

काठमाडौं, शुक्रवार थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १११ जना निको भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ६१ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७८ हजार २२० जनाको पीसीआर परिक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको