April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

२०८१ को सुरुमै मेलम्चीमा याङग्री र लार्केको पानी थपिने प्रधानमन्त्री ओलीको घोषणा 

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची परियोजनामा याङग्री र लार्के खोलाको पानी थप्ने काम तीन वर्षभित्रै पुरा हुने बताएका छन् । शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,
‘यो परियोजनाबाट अहिले साढे ८ करोड लिटर पानी काठमाडौंमा वितरण भइरहेको छ, यो परियोजनाको क्षमताअनुसार यसलाई १७ करोडसम्म पर्‍याइनेछ ।’ हाल मेलम्ची परियोजनामा मेलम्ची खोलाको मात्र पानी प्रयोग गरिएको छ।

त्यसमा याङग्री र लार्के खोलाको पानी समेत जोडेर १७ करोड पानी वितरण गरिने उनले बताएका छन् ।
एकपटक त्यसका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए।

‘ढिलोमा पनि तीन वर्षभन्दा बढि लाग्नुहुँदैन किनभने मुख्य काम भइसकेको छ, अब पानी मिसाउने मात्र हो,’ उनले भने।

शीर्ष समाचार

धेरै पढिएको