April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सङ्खुवासभामा बस दुर्घटना हुँदा १५ जना घाइते

  • 12
    Shares

सङ्खुवासभा, सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । शुक्रबार को१ख २८२४ नम्बरको शुभम् डिलक्स बस सडकबाट २० मिटर मुनी पल्टिँदा उक्त  दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालका अनुसार हाल घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको