April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिइने: उद्योगमन्त्री भट्ट

  • 18
    Shares

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । आज नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताए । राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको मन्त्री भट्टले बताए ।

यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको