
काठमाडौं – पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी गराएका छन् ।पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीअार परीक्षण भएकाे छ ।
क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् । भनेआज २५३ जनाकाे डिस्चार्ज भएको छ । योसँगै ७ हजार ७५२ पुगेको छ ।आज काठमाडौँमा मात्रै संक्रमित हुनेकाे सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना संक्रमित भएका छन् ।५ सय भन्दा बढी उपचाररत छ जिल्लाहरु महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेका छन् ।
र यतिबेला सङ्क्रमणमुक्त ५ वटा जिल्ला पुगेकाे छ धनकुटा, भोजपुर र सोलुखम्बु र हुम्ला र मुस्तागं जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ । हालसम्म नेपालमा काेराेना संक्रमित भई मृत्यु हुनेकाे कुल संख्या ३५ गुगेकाे छ भने बुधबार कसैको मृत्यु भएको छैन ।







