April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

राष्ट्रपति भण्डारीले आज मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन गर्दै

  • 9
    Shares

काठमाडौं, काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा शुक्रवार दिउँसो दुई बजेपछि नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् ।


उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । काठमाडौंमा गएको आइतबारदेखि नै मेलम्चीको पानी वितरण शुरु गरिएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा पनि मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाएर आज विहानबाट वितरण थालिएको हो ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडले जानकारी दिएको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको लिमिटेडले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको