
काठमाडौं – रोजगारीका लागि दक्षिण कोरियामा जान ईपिएस परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी फ्लाईटको पर्खाइमा रहेका युवायुवतीहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा उत्रिएका युवाहरुले सरकार तिम्रो समन्वयको कमिले राेजगार गुमाउदै छाैँ हामिले, कि राेजगारी दे कि काेरिया पठाइ दे ,प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, गरि खान दे सरकार, ‘उडान खोली जान दे’, हामी कामको लागि कोरिया जान चाहन्छौं लगायतका नारा लगाएका थिए ।
यसरी सरकारविरुद्ध प्रदर्शन गरेकाहरुले जतिसक्दो चाँडो आफूहरुलाई कोरिया जाने वातावरण बनाउन र उडान सञ्चालन गर्न माग गरेका गरेका छन् । अाफ्नाे राेजगारी गुम्न सक्ने भन्दै प्रदर्शन गर्नुपरेकाे उनिहरुकाे भनाइ छ ।







