April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

अब चाँडै हाम्रै नेतृत्वमा केन्द्रीय कमिटि घोषणा हुनेछ: नेता नेपाल

काठमाडौं, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष्य केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने घोषणा गरेका छन् ।

आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटिबाट ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् ।

सोही अवसरमा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुनसमेत निर्देशन दिएका छन् । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले भन्नुभयो, ‘अब चाँडै हाम्रै नेतृत्वमा केन्द्रीय कमिटि घोषणा हुनेछ ।’

यस्तै खनाल–नेपाल समूहले, कास्कीमा एमालेको समानान्तर कमिटिसमेत घोषणा गरेको छ । उक्त समूहले आज कास्कीमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको