April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने: सञ्चारमन्त्री गुरुङ

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी स!बै गुनासोहरु तत्काल सम्बोधन गर्ने बताएका छन् । मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह गरेका छन् ।

टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने उनले बताए ।

मन्त्री गुरुङले भने, “इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुुर्‍याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागिपरेको छ । स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।”

शीर्ष समाचार

धेरै पढिएको