May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • 4
    Shares

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।


गत फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

आजको बैठकमा समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताइएको छ । यसअघि काठमाडौंस्थित प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिने निर्णय केही दिनभित्रै हुने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको