March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

करिडोरको जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन

काठमाडौं, राजधानीका बागमती, विष्णुमती, धोविखोला र मनहरा नदी करिडोरको जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बुधवार ‘करिडोर सडक व्यवस्थापन टिम’ परिचालनको शुरु गरेका हुन् ।

महाशाखाले १७ ओटा टिम बनाएर करिडोर व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन गरेको छ । मोटरसाइकलमा खटिने टिमका सदस्यहरुलाई एसएसपी भट्टराईले फ्लोरिसेन्ट ज्याकेट वितरण गरेका छन् ।

एसएसपी भट्टराईका अनुसार करिडोरको प्रभावकारी व्यवस्थापन गर्न र अधिकतम प्रयोगमा ल्याउनका लागी टिम परिचालन गरिएको हो । यस्तै, मोटरसाइकलमा खटिने ट्राफिक प्रहरीको ‘डेडिकेटेड टिम’ले करिडोरमा हुने जाम व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि काम गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको