May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

संविधान विफल बनाउन सरकार उद्दत: देवप्रसाद गुरुङ

  • 1
    Share
file photo

काठमाडौं, सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विफल बनाउन लागिपरेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

संसद्लाई फेरि विघटन गरी सरकार अगाडि बढ्न खोजेको देखिएको उनको भनाइ छ ।
‘सरकारले यो सदनलाई के गर्न चाहेको हो भन्ने गम्भीर प्रश्न उठेको छ ।

सरकारको मनस्थिति पुस ५ गतेकै छ । फागुन ११ को सर्वोच्चको फैसला अंगीकार गरेको देखिँदैन,’ गुरुङले भने, ‘फेरि संसद् विघटन भयो भने संविधान निष्क्रिय हुन्छ । त्यो भनेको संविधान विफल हुनु हो । यो संविधान विफल बनाउन सरकार उद्दत देखिन्छ ।’

सदनलाई सरकारले बिजनेसविहीन बनाएको गुरुङको भनाइ थियो । ‘सदनलाई बिजनेस दिने सरकारको दायित्व हो । २३ गतेदेखि सामान्य एजेन्डामा मात्रै छलफल भएका छन्,’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको