May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

घनश्याम भुसाल चुनाव जित्यो कि फुटमा, सक्रिय संयोग कि नियति ?: थापाले

  • 19
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसाल चुनाव जितेलगत्तै जहिले पनि पार्टी फुटाउन लागिपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले भुसाललाई यस्तो व्यंग्य गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, “घनश्याम भुसालजीले जीवनमा दुईवटामात्रै निर्वाचन जित्नुभयो . १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्‍यो । २. २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय संयोग कि नियति ?”

शीर्ष समाचार

धेरै पढिएको