May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • 6
    Shares

  
काठमाडौं, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबार दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने छ ।

आजको सो बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसदीय सचिवालयले जनाएको छ ।

कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो । संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको