
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १६ हजार १६८ पुगेकाे छ । आज नयाँ संक्रमित २०४ जना मात्र थपिएको छ । मंगलबार ४ जिल्ला संक्रमित मुक्त भएको छ ।
ती जिल्ला तेह्रथुम ,भाेजपुर,साेलुखुम्बु हुम्ला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराएका छन् । पछिल्लो समय काेराेना संक्रमितको संख्या दिनदिनै खढ्दाे क्रममा देखिदै गएकाे पनि छ ।
डिस्चार्ज हुनेकाे संख्या ७ हजार ४९९ जना पुगेका छन् । आज थप ६८८ जना डिस्चार्ज भएका हुन् । जम्मा मृत्यु हुनेकाे संख्या ३५ जना पुगेका छन् ।







