August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

८५ जनामा कोरोना संक्रमण पुष्टि, ९३ जना डिस्चार्ज

काठमाडौं, शनिबार नेपालमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको हो ।

पछिल्लो २४ घण्टामा ९३ जना कोरोनाबाट मुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट शनिबार थप ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । १ हजार २ सय ८८ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको