April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखियो, आजै अन्त्येष्टि गरिने

काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्र राज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको छ ।

आज दिउँसो २ बजेसम्म जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने नेपाली कांग्रेसले जनाएको छ । उनको काठमाडौँको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो । गत फागुन १४ गते मस्तिस्क घात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।


शीर्ष समाचार

धेरै पढिएको