April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्रतिगमनको खतरा अझै टरेको छैन!- बाबुराम भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अझैपनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनुभन्दापनि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ”प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!”

शीर्ष समाचार

धेरै पढिएको