April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेता जोशीको निधनले मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ: राष्ट्रपति

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी हुन् । 

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको