August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

थप १५६ जनामा कोरोना संक्रमण, ७० जना डिस्चार्ज

काठमाडौं, शुक्रबार नेपालमा थप १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।

हाल देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १ हजार २९९ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको