June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

४० वटा विद्युतीय बस खरिद गर्न सझाद्वारा बोलपत्र आह्वान

काठमाडौं, साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस खरिद गर्नको लागि बोलपत्र आह्वान गरेको छ । साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार उक्त कम्पनीले काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको हो ।


यसको लागि पत्रिकामा सूचनासमेत निकालिएको छ । सूचना अनुसार बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्नेछ ।

इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनुपर्नेछ ।यस्तै, आगामी वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको