June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन, एमाले प्रवेश गरेका टंकलाई आर्थिक मन्त्रीको जिम्मा

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केही मन्त्रीलाई बर्खास्त गरेसँगै केहीले राजीनामा गरेका थिए । 

माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिएका छन् भने उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन् । यस्तै अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बनेका छन् । 


राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको शपथ आज दिउँसो १ बजेका लागि तय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको