June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

वनको डढेलो बस्तीमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट

भोजपुर, सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरका चार घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको हो ।

उक्त आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।

सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ । यस्तै, आगलागीबाट ४ घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको