June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

जसपाले ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी गर्दैन: उपेन्द्र यादव

बुटवल, जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले जसपाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने बताएका छन् । आज प्रेस मञ्च नेपालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्

अध्यक्ष यादवले संविधानविराेधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताए । आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ ।’

शीर्ष समाचार

धेरै पढिएको