June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

कोरोना भित्रिन सक्ने भन्दै भारतीय सीमावर्ती शहरमा जान रोक

file photo

बाँके, जिल्ला प्रशासन कार्यालय बाँकेले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको जोखिम दिनहुँ बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको हो ।

उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो ।  

बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णय समेत गरेको छ । 

लक्षण देखिएका बिरामीको एन्टिजिन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको