June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

टाउको र शरीर अलग गरिएको अवस्थामा शव फेला

सांकेतिक तस्वीर

सर्लाही, सर्लाहीमा एक युवकको शव फेला परेको छ । आज सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।

सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको हो । यस विषयमा थप खोज अनुसन्धान भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको