April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

विदेशबाट म्याग्दी प्रवेश गर्नेलाई १० दिन क्वारेन्टाइन अनिवार्य

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गृह मन्त्रालयले हाइअलर्ट राखेसँगै विदेशबाट आएर जिल्ला प्रवेश गर्ने सबैलाई १० दिन क्वारेन्टाइन बस्ने नियम बनाइएको छ ।

विदेशबाट आएकाहरुमा कोरोनाको नयाँ भाइरसको संक्रमण र फैलावटलाई ध्यानमा राखेर १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारी निकायले तोकेको तथा ब्यक्तिगत ब्यवस्थापन गरेपनि मापदण्डको पालना गर्ने गरी क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएमात्रै घर जान पाउने नियम बिहीबार बिहान १२ बजेदेखि लागु भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको र सबै नागरिकलाइ हाल नियम पालना गर्नका लागि अनुरोध गरेका छौं सहायक प्रजिअ पन्तले भने ।

शीर्ष समाचार

धेरै पढिएको