March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ओली सरकारलाई बिदा गर्न ढिलाइ गरेकोमा बाबुरामको असन्तुष्ट

file photo

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गरेका हुन् । प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ ।

प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले आज ट्वीट गर्दै असन्तुष्टि व्यक्त गरे ।

उनले ट्विटरमा लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो । अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है !’

शीर्ष समाचार

धेरै पढिएको