June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

नेपाललाई जर्मनबाट १० मिलियन युरो अनुदान

काठमाडौं, जर्मनीले नेपालको हरियाली पुनर्स्थापना (ग्रीन  ओक्भारी) र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ ।

यससम्बन्धि सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो । 


उक्त सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने बताइएको छ । नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन्, ‘यो सहयोगले जर्मनीले नेपाललाई आर्थिक चुनौतीमा ऐक्यबद्धता जनाएको छ भने जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापी रूपमा भएको प्रयासमा मद्दत गरेको छ।’

शीर्ष समाचार

धेरै पढिएको