June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतले खोप निर्यातमा अस्थायी रोक लगाएसँगै नेपालसहित १९० देश प्रभावित

नयाँदिल्ली, भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै खालका निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोना सङ्क्रमितको संख्या दिनहुुँ बढिरहेकाले आगामी साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो ।


भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने २ सय ७५ को मृत्यु भएको छ ।

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने बताइएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यस्तै भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा एस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको