July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

आइतबारबाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र सञ्चालन हुने

काठमाडौं, आइतबारदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ ।

विमानस्थलका अधिकारीहरुले जनाए अनुसार आइतबारदेखी राती साढे १२ बजेपछिका उडानहरु हुने छैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार हाल विमानस्थल २१ घण्टा चलिरहेको छ भने कोरोनाको कारण अब ३ घण्टा उडान अवधि कम गर्न लागिएको हो ।


यस्तै भारतमा कोरोना बढेसँगै नेपालमा पनि यसको जोखीम उच्च रहने भएका कारण र अन्तराष्ट्रिय उडानहरु पनि प्रत्यक्ष प्रभावित हुने भन्दै विमानस्थलले उडान अवधि घटाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको