April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पठाओको सबै सेवा सुरु, लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध

काठमाडौं, मङ्गलवार (हिजो) दिउँसोबाट बन्द भएको पठाओको सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएको छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो ।

पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको छ ।

पठाओको सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताए ।

शीर्ष समाचार

धेरै पढिएको