April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

ओलीलाई विदेशीले मोहोरा बनाए, संविधान क्षतविक्षत गर्ने काम त्यसैको परिणाम हो: प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान बनाउने बेलामा धावा बोलेका शक्तिहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई मोहोरा र दलाल बनाएको बताएका छन् ।

बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमा बोल्दै  उनले संसद् विघटन गरी संविधान क्षतविक्षत गर्ने कार्य पनि त्यसैको परिणाम भएको बताएका हुन् ।

उमले भने, ‘अझै पनि आकाशमा खतराको कालो बादल मडारीराखेकै छ । आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै नेपाली जनता एकताबद्ध भएनन् भने थप खतरा हुन पनि सक्छ । ‘नेपालीहरुलाई निरीह हौ तिमीहरु भनेर बनाउने चाहनाहरु पूरा पनि हुन सक्छन् ।’

सोही अवसरमा प्रचण्डले नेपालीले आफ्नो अधिकार आफैँ राख्न सक्ने हो कि होइन भन्ने प्रश्नसमेत खडा भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको