होलीमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह

भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आउँदो फागु पूर्णिमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाका अनुसार छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण पुनः बढ्दै गएको बेला जिल्लामा संक्रमणको रोकथामका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको हो ।
प्रशासनबाट जारी सूचनामा भनिएको छ, ‘भारतमा कोरोना संक्रमण बढ्दै गएको र खुल्ला सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुहुन अनुरोध छ ।’
प्रतिकृया दिनुहोस्