April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

अब एमालेको केन्द्रिय पार्टी कार्यलय थापाथलीमा रहने, प्रधानमन्त्रीद्वारा भवन निरीक्षण

  • 12
    Shares

काठमाडौं, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् । पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए ।

अब बैशाख १ गतेबाट पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएको हो । उपमहासचिव विष्णु पौडेलका अनुसार धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको हो ।

यसअघि वि.स. २०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको