July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

भारतमा कोरोना जोखिम पुनः बढेपछि प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

file photo

काठमाडौं, छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले जनाएको छ ।

प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको