April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

प्रधानमन्त्रीको विदेशी शक्तिहरुसँग साँठगाँठ रहेको भिम रावलको आरोप

  • 16
    Shares

काठमाडौं, नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विदेशीसँग साँठगाँठको गम्भीर आरोपहरु लाग्न थालेको छ । बुधबार सामाजिक सञ्जालमार्फत उनले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

विदेशी तथा स्वदेशी शक्तिको नाम भने उल्लेख नगरि तर दक्षिण छिमेकी भारततर्फ संकेत गर्दै उनले नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिसँग साँठगाँठ गर्न तल्लीन भएको आरोप लगाएका हुन् ।

रावलले ट्विटरम्माअ लेखेका छन्,‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’

शीर्ष समाचार

धेरै पढिएको