July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

अनुदानमाको खोप लिन नेपाल एअरलाइन्सको विमान आइतबार बेइजिङ जाने

काठमाडौं, चीनले अनुदानस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आगामी आइतबार नै बेइजिङ जाने भएको हो ।

एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार
त्यहाँबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डौ फर्किनेछ ।

यहीँ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जान लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको