April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

थप १८८ जनामा कोरोना संक्रमण पुष्टि, ७७ डिस्चार्ज 

  • 2
    Shares

काठमाडौं, मंगलबार नेपालमा थप १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ ।


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । योसँगै देशभर २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण भएको छ भने क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको