July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

दक्षिण काेरियाका राष्ट्रपति मुनले लगाए काेराेना बिरुद्ध एस्ट्राजेनिकाकाे खाेप

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धकाे पहिलो डोजकाे खाेप लगाएका छन् । राष्ट्रपति इनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हुन् ।उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद समेत उत्पन्न भएको थियो ।

उक्त खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखापरेको भन्दै खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।

दक्षिण काेरियाकाे स्थानीय समाचारका अनुसार राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सउलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर खोप लगाएका हुन् । राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि पनि जाने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको