April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रम ओलीलाई भिम रावलको प्रश्न: स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन?’

  • 19
    Shares
file photo

काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको दावी गरेका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन्।

उनले भने, ‘ओली आफैँले पार्टीको विधान र संविधान मिच्नुभएको छ, उहाँले अझै हामीलाई स्पष्टीकरण सोध्ने रे, संविधान र पार्टीको विधान विपरीत कदम चालेकोमा उहाँलाई हामी नै प्रश्न गर्छौं।’

उनले अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट बनेको विधान कुल्चेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने, केन्द्रीय समिति थप्ने र त्यही केन्द्रीय समितिले आफूहरुमाथि कारबाही गर्ने काम गरेर ओलीले नै पार्टी अनुशासनको उल्लंघन गरेको बताएका छन् ।

उनले भने, ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नुभएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन?’

शीर्ष समाचार

धेरै पढिएको