April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कैलालीमा प्रहरीको गोली लागेर दुई जना घाइते

  • 10
    Shares

कैलाली, कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । गोली लागेर २५ कृष्ण प्याकुरेल र वर्षीय १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन् ।

आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिएपछि यात्रीको मृत्यु भएको थियो । मृत्युपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो ।

कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाका अनुसार हाल उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको